ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ आजका लागि निर्धारण गरिएको सवारीमार्ग


एबीसी / संवाददाता
६ फाल्गुन २०७९, शनिबार   ७ : ४६   बजे

काठमाडौँ, ६ फागुन । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखिनै दशनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रतर्फ जना सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइसर्भन गरिएको छ ।

यस्तै, मालवाहक सवारी साधनलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धराबाटै डाइभर्सन गरिने छ ।

काठमाडौँ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले गौशला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध गरेका छन् ।

यस्तो छ सवारीमार्ग निर्धारण
बस तथा माइक्रोबस
–रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने ।

–रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता

–कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने ।

माइक्रोबस तथा टेम्पोहरू
–सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र शालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ।

–जोरपार्टी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घन्टाघर हुँदै सुन्धारा चलाउने ।

मालवाहक सवारी साधनहरू
–जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाजगञ्जतर्फ जानुपर्ने ।

–कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।

–कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने ।

–महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।

–कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

May be an image of map

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

सम्बन्धित

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

साधारण मानिस हुनुको असह्य चिन्ता

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu