ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग–२ : ज्ञानेन्द्र, आसिफ र कुशलकोअर्धशतक प्रहारमा नेपालको ‘ह्याट्रिक’


ABC NEWS
६ फाल्गुन २०७९, शनिबार   ५ : ३६   बजे

 

काठमाडौं ६ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया,नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा जित हात पार्दै ह्याट्रिक गरेको छ । नेपालको यो ऐतिहासिक सफलता हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्‍यो।

यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७.३ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ८१ रनको योगदान गरे। उनले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै ज्ञानेन्द्र मल्लले ६५ रन जोडे। उनले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

युवा ब्याट्सम्यान कुशल मल्लले पनि लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ६२ रनको योगदान गरे। उनले ४९ बलमा ६ चौका र ४ छक्का हिर्काए।

ज्ञानेन्द्र र आसिफबीच दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नेपालका लागि एकदिवसीय खेलमा सबैभन्दा ठूलो साझेदारी हो।

अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेल ३९ रन र सन्दीप जोराले ३ रन मात्र जोड्न सके। विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट ८ रन जोडे।

नेपालले पछिल्लो पाँच ओभरमा चार विकेट गुमाएको थियो।

बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए भने बेर्नाल्ड स्कोल्ट्जले २ विकेट हात पारे।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।

नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे।

बलिङमा नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे।

सिरिजमा नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग(२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग(२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३३ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग(२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग–२ मा आफ्ना ९ खेल खेल्न बाँकी छदा २५ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग(२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग(२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group