ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम


एबीसी न्यूज
८ फाल्गुन २०७९, सोमबार   २ : १४   बजे

काठमाडौं,८ फागुन । नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच नि:शुल्क गरिने जनाइएको छ ।

अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को नि:शुल्क परीक्षण गरिनेछ ।

कार्यक्रममा रु दुई हजार दुई सयमा नि:शुल्क बाहेकका पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छातीको एक्स–रे, इसिजी र युयस्जी परीक्षण हुने जनाइएको छ ।

कार्यक्रम बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच सुरु भएको घोषणा गर्नुभएको छ । उहाँले नसर्ने रोगको महामारी फैलन थालेकाले यसको नियन्त्रण र सचेतनाका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्योपचारमा सहभागी हुन नसक्ने नागरिकका लागि प्रदेश सरकारद्वारा नि:शुल्क बीमाको व्यवस्था गरिएको बताउँदै स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सिमान्तकृन्त र आश्रित नागरिकलाई प्रदेश सरकारले नि:शुल्क स्वास्थ्य सेवा वीमामार्फत उपलब्ध गराउने भएको हो ।

कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने जनाइएको छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने सरकारको योजना छ । अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्तिअनुसारको उपकरण नहुँदा समस्या भएकाबारे मन्त्री श्रेष्ठले अस्पतालमा सेवा नरोकिने गरी जनशक्ति व्यवस्थापन गर्ने बताउँदै “आवश्यकताका आधारमा जनशक्ति तथा जनशक्तिअनुसारको उपकरण खरिद गरिनेछ”, उहाँले भन्नुभयो । उक्त अस्पताल प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भइरहेको छ ।

प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति तथा उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पुरुषोत्तम सेढाईंले अस्पतालमा सेवा विस्तार गरिएका कारण नागरिक लाभान्वित भएको बताउनुभयो । सरकारले उक्त अस्पतालको भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । हाल अस्पतालमा आकस्मिक, शल्यक्रियालगायतका सेवा २४सै घण्टा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group