ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्याल्पो ल्होसार पर्वले आपसी सद्गर्न सहयोग पुग्ने विश्वास लिएको छु : अध्यक्ष तिमिल्सिना


एबीसी / संवाददाता
९ फाल्गुन २०७९, मंगलबार   ७ : ३७   बजे

काठमाडौँ, ९ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ग्याल्पो ल्होसार पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले ग्याल्पो ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका साथै सम्पूर्ण नेपालीबीच साझापन र हार्दिकताको एक उदाहरण हो भने ।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवं बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनग्याल्पो ल्होसारमनाउने गरिन्छ । यस पर्वमा शेर्पालगायत अन्य हिमाली समुदायको पनि समभाव रहेको पाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोल, बाटोघाटो, पानीका मूलको सरसफाइ गर्ने, नयाँ–नयाँ खानेकुरा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

सन्देशमा भनिएको छ, “विविध जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group