ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने


एबीसी / संवाददाता
११ फाल्गुन २०७९, बिहिबार   ८ : ५७   बजे

टक्सार, ११ फागुन । प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा र जिल्लाको सुदूरउत्तर सल्पासिलिछो गाउँपालिका–५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गर्न लागेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा उक्त क्षेत्रमा रहेका सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा तथा दोभानेमा रहेकाका सामुदायिक वनसँग सहकार्य गरिने छ । यस आर्थिक वर्षमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित रु २० देखि २५ लाख बजेट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

सुरुवाती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयमा इको क्लब गठन गरी सचेतना कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रेडपाण्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाईले बताए ।

रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu