ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपछि टर्कीद्वारा निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु


एबीसी / संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार   ९ : ५१   बजे

एजेन्सी, १२ फागुन । टर्की सरकारले गुणस्तरहीन भवन बनाएका पाँच सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान थालेको छ । गृहमन्त्री सुलेमान सोयलुले उनीहरूमाथि आपराधिक अनुसन्धान थालिएको घोषणा गरेका हुन् ।

गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । लाखौँ घरबारविहीन भएका छन् ।

गृहमन्त्रीका अनुसार अनुसन्धानमा तानिएकामध्ये १७७ जनालाई हिरासतमा लिइएको छ भने १७५ जना जमानतमा रिहा भएका छन् । अनुसन्धानमा तानिएकालाई देश छाडेर बाहिर जानबाट प्रतिबन्ध लगाइएको छ । भूकम्प हुनेबित्तिकै टर्कीका सञ्चार माध्यमले निर्माण संहिताको वेवास्ता गर्दै निर्माण व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएका भवन ढलेका भन्दै उनीहरूको तीव्र आलोचना गरेका थिए ।

भूकम्प प्रभावित ११ प्रान्तका १२ लाख ५० हजार भवन परीक्षण गरिएको, एक लाख ६४ हजार तीन सय २१ भवनका पाँच लाख २० हजार फ्ल्याटमा क्षति भएकाले तिनको मर्मत गर्नुपर्ने वातावरणमन्त्री मुरत कुरुमले जानकारी दिए । राष्ट्रपति तैयेप इर्दोगानले भूकम्प प्रभावित प्रान्तमा आगामी एक वर्षमा दुई लाख ७० हजार घर बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

प्रधानमन्त्रीको ‘अतिक्रमण’ सम्बन्धी अभिव्यक्ति: नेपालभित्र तीव्र विरोध, भारतको कूटनीतिक जवाफ

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group