ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने


एबीसी / संवाददाता
१३ फाल्गुन २०७९, शनिबार   ९ : २६   बजे

काठमाडौँ, १३ फागुन । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो । राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पोर्चुगलको लिस्बनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu