ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा हावाबाट ३६ किलोवाट विजुली


admin
१४ माघ २०७४, आइतबार   ११ : ५५   बजे

सिन्धुली, १४ माघ । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो ।

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिनुभयो ।

नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

नेपाल सरकार तथा एसियाली विकास बंैकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुबै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उहाँको भनाइ छ ।

अहिलेसम्म कै नेपालमा पहिलो पटक वायु र सौर्य प्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उहाँले बताउनुभयो । हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबै भन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।

यसअघि मकवानपुर बागमति गाउँपालिका– ५ मा सबै भन्दा बढी क्षमताको भोर्लेनी वायु ऊर्जा प्रणालीबाट १५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको जिसस सिन्धुलीका वातावरणीय अधिकृत उपाध्यायले बताउनुभयो । सो परियोजनाबाट ८५ घरपरिवार लाभान्वित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group