रामेछाप, १४ माघ । खाँडादेवी गाउँपालिका– १का विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा पक्राउ परेका छन् ।
माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधपुछ गर्दा उनले नक्कली नागरिकता बनाउनको खोजेको थाहा पाएपछि प्रहरीलाई खबर गरी जिम्मा लगाउनु भएको हो । प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्