ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डियर भ्याक्सिन उपन्यासको अन्तरक्रिया


एबीसी न्यूज
२४ फाल्गुन २०७९, बुधबार   ६ : ५४   बजे

काठमाडौं, २४ फागुन । वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति “डियर भ्याक्सिन” उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो ।

कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित (स्रष्टा साँझ अमेरिका) को अध्यक्षतामा कार्यक्रम आयोजनामा कार्यक्रम संचालन भएको थियो । नेपालको तर्फबाट उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीको आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । वरिष्ठ साहित्यकार प्रो.डा.तुलसी दिवसबाट संसारमा कोरोनाको महामारी चलेको बेला सुरेन्द्र महर्जन अमरले कोरोना महामारीलाई लिएर रोगबाट लड्न बनाइएको भ्याक्सिन र उपन्यासभित्र रहेको कथाले मान्छे भएर रोगसँग लड्न तयार पारिएको कथालाई लिएर अघि बड्नु राम्रो रहेको बताउनुभयो । पुस्तक यति नै पृष्ठ उति नै पृष्ठको नभएर कथाले दिने ज्ञानलाई स्विकार्नु पर्ने कुरालाई जोड दिनुभयो । विश्वमा चलेको महामारीलाई रोक्न बनाइएको भ्याक्सिनले अब औषधिको काम गर्ने छ । उस्तै अब सुरेन्द्र महर्जनको उपन्यासले पनि औषधिको काम गर्ने बताउनुभयो ।

डियर भ्याक्सिन उपन्यासको बारेमा पचासभन्दा बढी विभिन्न भाषामा संगीत भरेर विश्व कृतिमानी रेकर्ड कायम गरिसकेका चर्तित संगीतकार सन्तोष श्रेष्ठले डियर भ्याक्सिन उपन्यासका बारेमा वर्तमान समयमा चलि रहने घटनालाई लिएर उपन्यासमा मुख्य पात्र नायकरनायिका एक जना विदेशमा गएर अध्यन गरेको र एक जनाले देशमा नै अध्यन गरेर कोरोनाको खोपको खोजी गरेर रोगबाट बच्न सकिने खोपको आविष्कार गरेको र विदेशभन्दा प्यारो देश रहेकोे कथा रहेकोमा उपन्यास राम्रो रहेको र पढेपछि छोड्न नसकिने यो पुस्तकले सारा विश्वलाई ग्यान दिने बताउनुभयो । हालै सगरमाथा बेस्ट क्याम्प ५३६४ मिटर अग्लो स्थानबाट आफ्नो उनन्तिसौं कृति सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड बनाउन सफल सुरेन्द्र महर्जन अमरलाई बधाई पनि दिनु भयो ।

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ूअमरू को उपन्यास ूडियर भ्याक्सिनू माथि विद्वान व्यक्ति द्वय प्रो। सुनिल अधिकारीले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताउनु भयो । रातपछि देखा पर्ने सूर्य किरणले आशाको बाटो देखाएको डियर भ्याक्सिन उपन्यासभित्र सुन्दर चित्रण गरिएको कुरा उल्लेख गर्नुभयो । उपन्यासमा आफ्नो देशलाई माया गरेर प्रमुख पात्रहरू देश फर्किएको अत्यन्तै राम्रो भएको बताउनुभयो ।

उपन्यास बारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक एवं साहित्यकार सुरेन्द्र महर्जनले भने सर्वप्रथम त आयोजक संस्था उपन्यासकार संघ नेपाल र अमेरिकालाई आफ्नो ३० औं कृतको अन्तरक्रिया कार्यक्रम आयोजना गरि विश्वभर पुर्‍याउन सहयोग गरेकोमा हृदयदेखि धन्यवाद दिनुभयो । रोगदेखि हारेर प्राण छोड्नु राम्रो हैन हिम्मत र संघर्षबाट सफलता प्राप्त हुने अनि देश प्रेमका साथै प्रेम कथामा आधारित डियर भ्याक्सिनको सबैको निमित्त अचुक औषधि बन्ने जानकारी गराउनु भयो । जीवनदेखि हारेर नहुने उत्साह, हौसला, प्रोत्साहन, हिम्मत आदिले आशा जगाउने अनि प्रेममा शक्ती रहेको कुरा पुस्तक पढेपछि थाहा पाउने जानकारी दिनु भयो ।

साहित्यकार कमलमणि देवकोटाले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताउनु भयो । ओएसनेपालबाट प्रकाशित पुस्तकका बारेमा मानबहादुर भुजेल लगायतले डियर भ्याक्सिन उपन्यासको बारेमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group