ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धन बैठकमा के भयो ? (हेर्नुस भिडियो)


admin
१५ माघ २०७४, सोमबार   १२ : ४३   बजे

काठमाडौं, १५ माघ । बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बामगठबन्धनको कार्यदलसहित एमाले र माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा जोखिम क्षेत्रमा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रियसभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता नेम्वाङले राष्ट्रियसभाका बामगठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गर्ने सन्दर्भमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्न गृहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखका सन्दर्भमा संयुक्त कार्यदलले हिजो दिएको सुझावका बारेमा भने छलफल नै नभएको उहाको भनाई छ । पार्टी एकता संयोजन समितिको चाँडै बस्ने बैठकले त्यसबारेमा निर्णय गर्ने नेम्वाङले जानकारी दिनुभयो ।

यसअघि कार्यदलले मुख्यमन्त्रीमा एमाले ४ र माओबादी २, सभामुखमा एमाले ४ र माओबादी २, उपसभामुखमा एमाले २ र माओबादी ४ स्थानमा सिट बाँडफाँड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group