ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम


एबीसी न्यूज
२ चैत्र २०७९, बिहिबार   ११ : ५९   बजे

काठमाडौं, २ चैत । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाइँदै आएको छ । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने उहाँको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णलगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक भएको बताउनुभयो । बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu