ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्देशक प्रताप सुब्बाको निधन


एबीसी / संवाददाता
२ चैत्र २०७९, बिहिबार   ९ : ०३   बजे

काठमाडौँ, २ चैत । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ ।

स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उनको बिहीबार १२ बजे निधन भएको जानकारी दिए ।

गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत् निर्देशकीय यात्रा सुरू गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन् । चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए ।

‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका थिए । उनले नेपालमा केही समय टेली शृङ्खला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’, ‘चटयाङ’ र ‘भीष्म प्रतिज्ञा’ लगायतका चलचित्र निर्देशन गरे । अभिनेता नीर शाहका अनुसार पहिलो पटक अभिनय गराउने निर्देशक सुब्बाले नै खलनायकको भूमिकामा ‘भीष्म प्रतिज्ञा’ प्रस्तुत गरे ।

“दिदीमा सम्झौता भएर पनि काम गर्न पाइएन । यद्यपि भीष्म प्रतिज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ । मैले मानेको एउटा गुरु उहाँ नै हो”, शाहले भने ।

निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गरेका थिए । उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो । केही समय अगाडि नै सिक्किममा सुटिङ भएको यो टेली शृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group