ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न कुनै समस्या छैन : मन्त्री शर्मा


एबीसी / संवाददाता
३ चैत्र २०७९, शुक्रबार   ५ : ५९   बजे

काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न संघले कुनै कन्जुस्याइँ नगर्ने बताएकी छन् ।

मन्त्रालयद्वारा आयोजित अन्तक्र्रियामा उनले भनिन्, “आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा पनि प्रदेशसँग समन्वय गरी सूचना तथा सञ्चार क्षेत्रका योजनालाई समन्वयात्मक हिसाबले अगाडि बढाउनुपर्ने हुन्छ, सूचना प्रविधिको युगमा सेवा प्रवाहलाई सरल बनाउन सहकार्य गरेर अगाडि बढौँ ।” सरकारका प्रवक्ता शर्माले सेवा प्रवाह हुने क्षेत्रमा टेलिकमको सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

अन्तक्रियामा प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँड र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्ने प्रयास गरिएको थियो ।

सोही अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संविधानको अनुसूचीमा साझा सूचीमा रहेका विषय कार्यान्वयनमा सङ्घ र प्रदेश अलमलिए जस्तो देखिएको र त्यस्ता विषयलाई आपसी सम्वादका माध्यमबाट समाधान गर्दै लैजानुपर्ने बताए । “संघ र प्रदेशबीचको बुझाइमा एकरूपता ल्याउन यस्ता छलफल उपयोगी हुनेछन्”, मन्त्री श्रेष्ठले भने ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णा केसीले प्रदेशमा कानुन निर्माण, कर्मचारी अभाव, बुझाइमा अस्पष्टता जस्ता समस्या रहेको बताइन् ।

कार्यक्रममा कार्यविभाजन नियमावली, २०७४ बमोजिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तोकिएका सञ्चारसँग सम्बन्धित १४ वटा विषयमा छलफल गरिएको थियो । उपकरणको फाइल प्रदेशलाई हस्तान्तरण नगर्दा प्रदेशअन्तर्गतका एफएम रेडियोको नियमनमा समस्या आएको, टेलिभिजनको प्रसारण क्षेत्रका बारेमा कानूनी अस्पष्टतालाई प्रष्ट्याउनुपर्ने र स्थानीय तहलाई हस्तान्तरण गरिएका एक सय वाटभन्दा कम क्षमताका रेडियोको नियमनको समस्या सम्बोधन गरिनुपर्नेलगायत विषय उठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group