वीरगञ्ज, ४ चैत । वीरगञ्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा देशको शिर उँचो राखेको भन्दै वीरगञ्जका क्रिकेट खेलाडी आसिफ शेख र आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।
विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगञ्जका खेलाडीहरू ओपनिङ ब्याटर आसिफ शेख र अलराउण्डर आरिफ शेखले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुवैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।
महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याइ राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्