ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतमा कार्यरत २० नेपालीको उद्धार


admin
१५ माघ २०७४, सोमबार   ५ : ५८   बजे

काठमाडौँ, १५ माघ। कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ ।

त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ ।

त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण नभएका १७ जना कामदारलाई राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइ सकिएको छ ।

साथै कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्ध सिन्धुपाल्चोक सेवा समाज, दलित एकता सञ्जाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा दुई जना कामदारलाई नेपाल पठाइएको छ । त्यसबाहेक अन्य दुई जनालाई समेत राजदूतावासले आफ्नै पहलबाट स्वदेश फिर्ता पठाइएको जनाएको छ ।

खराफी नेशनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय प्रवेशाज्ञा नवीकरण नगरेको तथा तलब नदिएको उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानका लागि ९४ जना नेपाली कामदारले निवेदन दिएका थिए ।

उल्लेखित कामदारमध्ये हालसम्म २९ जना र उक्त कम्पनीको अन्य आयोजनामा कार्यरत ३२ जना गरी जम्मा ६१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता पठाइ सकिएको छ ।

सो कम्पनीमा समस्यामा रहेका अन्य कामदारको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि राजदूतावासले प्रयास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group