ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थ्री नेसन्स कपः खेल नेपाल र लाओस भिड्दै


एबीसी / संवाददाता
८ चैत्र २०७९, बुधबार   ७ : ०६   बजे

काठमाडौँ, ८ चैत । आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दै छ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुने छ ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए । आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात नयाँ खेलाडी थपिएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले बिजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाइ छ । एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उता, टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महसुस गरेको चेम्जोङको भनाइ छ ।

हिजो मात्र नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो । इटालीयन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेट्दै २३ सदस्सीय टिम घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीः
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नवीन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group