ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम म्याग्दी युवा क्लबलाई ‘म्याग्दी कप’को उपाधि


एबीसी / संवाददाता
८ चैत्र २०७९, बुधबार   ७ : ५२   बजे

बेनी, ८ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे । यस्तै उत्कृष्ट गोलरक्षक कालीपुल युनाइटेडका सन्दीप क्षेत्री, उदीयमान खेलाडी सनम विक र अनुशासित टोली जनप्रिय युवा क्लब दरबाङ घोषित भयो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई सात हजार तथा उत्कृष्ट युवा खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदी, नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

म्याग्दी कप व्यवस्थापन समितिको आयोजना तथा जिल्ला फुटबल संघको सहआयोजनामा यही चैत १ गतेदेखि सुरु भएको सो प्रतियोगितामा १० क्लब सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu