सुर्खेत – इलाका वन कार्यालय मेहेलकुना सुर्खेतमा कार्यरत एक जना वन रक्षक घुस लिदै गर्दा पक्राउ परेका छन् ।
अवैध काठको मुद्दा मिलाईनदिन्छु भन्दै घुस लिने वन रक्षक हरिलाल राना क्षेत्री सोमवार पक्राउ परेका हुन् ।
गुर्भाकोट नगरपालिकाको वडा नं. ६ बाट नियन्त्रणमा लिइएको ६७.९ क्युफिट सालको काठ र २.५८ क्युफिट टुनीको अवैध काठको मुद्दा मिलाईदिने भन्दै उनले स्थानीयसँग घुस लिएका थिए ।
आफूले मागेको रकम नदिएमा सिंगो गाउँवासीलाई नै मुद्दा चलाइदिने धम्कि दिएर उनले सेवाग्राहीबाट ९८ हजार रुपैयाँ घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा आज गुर्भाकोट नगरपालिकाको वडा नं. ७ स्थित एक होटलबाट उनलाई पक्राउ गरीएको हो ।
उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्