ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित


एबीसी / संवाददाता
१३ चैत्र २०७९, सोमबार   ७ : १५   बजे

काठमाडौँ, १३ चैत । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ ।

युरो २०२४ को छनोटअन्तर्गत समूह ‘जे’को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो । पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे ।

लक्जमबर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खलेको ९औँ मिनेटमा रोनाल्डको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए ।

१५औँ मिनेटमा फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता तेब्बर पारे । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे ।

खेलको ३१औँ मिनेटमा अल नासारका फरवार्डसमेत रहेका रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टोलीलाई ४–० को अग्रता दिलाए । पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरूद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।

७७औँ मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औँ मिनेटमा फेलिक्सले स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियोको पासमा गोल गर्न सफल भए ।

योसँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूवाती दुई खेल जितेर समूह ‘जे’को शीर्ष स्थानमा छ । पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । स्लोभाकिया ५ अंकसहित दोस्रो स्थानमा रहँदा बोस्निया र आइल्यान्डको समान ३ अंकका साथ तेस्रो र चौथो स्थानमा छ । यस्तै, लक्जमबर्ग १ अंक जोड्दै पाँचौँ तथा अंकविहीन लिचेस्टाइन पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group