काठमाडौँ, १३ चैत । इंग्ल्यान्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ । युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्यान्डले दोस्रो जित निकालेको हो ।
वेम्बलीमा गए राति भएको छनोट खेलमा इंग्ल्यान्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो ।
खेलको पहिलो हाफको ३७औँ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरूवाती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए ।
यता लगातार दोस्रो जित निकालेको इंग्ल्यान्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इंग्ल्यान्डले पहिलो खेलमा इटालीलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्