सुर्खेत, १७ चैत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट शुक्रबार विश्वासको मत लिँदै छन् ।
सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्