ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसले पुन चुनावमा हस्तक्षेप गर्न सक्ने सीआइएका निर्देशकको अनुमान


admin
१६ माघ २०७४, मंगलबार   २ : ४०   बजे

काठमाडौं, १६ माघ । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशकले यसै वर्षको अन्त्यतिर हुने अमेरिकाको मध्यावधि चुनावमा रूसले हस्तक्षेपको प्रयत्न गर्न सक्ने बीबीसीलाई बताएका छन् ।

लाङ्लीस्थित सीआइएको मुख्यालयमा कुरा गर्दै माइक पोम्पेओले उनको संगठनले त्यस्ता प्रयत्नहरूलाई रोक्ने प्रयास गरिरहेको बताए । अधिकांश बिहान राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराउने सीआइए निर्देशक पोम्पेओले राष्ट्रपतिले ठीक ढङ्गले काम नगरेको भन्ने आरोपलाई ’वाहियात’ भन्दै खण्डन गरे ।

बीबीसीसंगको अन्तर्वार्तामा उनले अबका केही महिनामा उत्तर कोरियाले अमेरिकासम्म पुग्ने परमाणविक क्षेप्यास्त्र विकास गर्न सक्ने पनि बताए ।

प्रतिआतंकवादका विषयमा रुससंग साझेदारी भएपनि पोम्पेओले रूस मुख्य रूपमा अहिले पनि अमेरिकाको प्रतिद्वन्द्वी भएको बताएका छन् । उनले युरोपका धेरै देशलाई नोक्सान हुने गरी अहिले पनि उसले गुप्तचर गतिविधि गरिरहेको र त्यो नघटेको बताए ।

पोम्पेओले रूसीहरूको गतिविधि उल्लेख्य रुपमा कम नभएको भन्दै उनीहरुले आफ्नो प्रयासलाई निरन्तरता दिने बताएका छन् । उनले स्वतन्त्र र निष्पक्ष चुनाव गराउने विश्वस्त रहेको पनि बताए ।

अमेरिकी गुप्तचर निकायहरूले सन् २०१६ को राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको विश्वास गर्ने गरेका छन् । तर राष्ट्रपति ट्रम्पले त्यसलाई पूर्ण रूपमा खारेज गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

सम्बन्धित

इरानद्वारा होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा पाँचजनाको मृत्यु

दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका

इरानको चेतावनी– अब हुने आक्रमणको जवाफ अझ तीव्र र पीडादायी हुनेछ

इन्डोनेसियामा अनाक क्राकाटोआ ज्वालामुखी विस्फोट, ३०१ उडान प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu