काठमाडौँ, २० चैत । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरूमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।
निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरूमा उम्मेदवारको मनोनयन हुँदै छ ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपचुनावको उम्मेदवारी मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पदपुर्ति गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्