काठमाडौँ, २० चैत । नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ को उम्मेदवार आज टुंगो लगाउँदै छ ।
आज उम्मेदवार टुंगो लगाएर मनोनय गराउने कार्यक्रम रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । वैशाख १० गते बारा–२ सहित तनहुँ–१ र चितवन–२ मा पनि उपनिर्वाचन हुँदै छ । रिमालका अनुसार ३ वटै क्षेत्रमा एमालेको आफ्नै उम्मेदवार हुनेछ ।
उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारको मनोनय हुँदै छ ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्