उदयपुर, २१ चैत । नेकपा (एकीकृत समाजवादी)का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन् ।
उदयपुरको गाईघाटमा समाजवादी प्रेस संगठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव संकलन गरिरहेको बताए । “वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता विस्तार, पालिका तथा वडा कमिटी गठन÷पुनःगठन तथा स्थानीय तहले सम्पादन गरेका कार्यको निगरानी गर्ने र खबरदारी गर्नेछौँ ।” उनले भने ।
पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, आर्थिक समस्या, सामाजिक समस्या, बेरोजगारीलगायत अवस्थाप्रति नेकपा एस गम्भीर रहेकाले उचित नीति तथा कार्यक्रमको माध्यमबाट समस्या समाधानका लागि पार्टी र सरकार दुवै ठाउँबाट भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्