ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली खटियो


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ०५   बजे

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकापछि उनीहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि जारी राखेको प्रयासलाई शनिबार थप तीव्र बनाएको छ ।

सुरुङभित्र मानिसहरू फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउँदै सुरुङको प्रवेशद्वार खोल्ने काम अघि बढाएको हो ।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली शनिबार बिहानैदेखि निरन्तर खटिएको छ ।

उद्धार टोलीले सुरुङको मुखमा थुप्रिएको लेदो, माटो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्ने मार्ग खुलाउने प्रयास गरिरहेको छ । तर प्रभावित क्षेत्रमा अझै प्रतिकूल मौसम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

भारतीय उद्धार टोली पनि त्रिशूलीमा

यसैबीच, नेपाललाई उद्धार कार्यमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली क्षेत्रमा पुगेको छ ।

भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन (रेकी) गर्ने तयारी गरेको छ । अनुगमनबाट प्राप्त अवस्थाका आधारमा आवश्यक परे थप खोज तथा उद्धार अभियान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

भोटेकोशी बाढीपछि रसुवा र आसपासका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला सुरुङभित्र फसेकाको उद्धारलाई प्राथमिकतामा राखिएको हो ।

सुरुङको वास्तविक अवस्था, त्यसभित्र कति जना फसेका छन् र उनीहरूको अवस्थाबारे भने उद्धार टोलीले प्रवेशद्वार खोल्न सकेपछि मात्रै यकिन जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको संकटमा विश्वको ऐक्यबद्धता, राहतदेखि उद्धारसम्म बढ्यो सहयोग

रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा, चारपाङ्ग्रे साना सवारी चल्न थाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको संकटमा विश्वको ऐक्यबद्धता, राहतदेखि उद्धारसम्म बढ्यो सहयोग

रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा, चारपाङ्ग्रे साना सवारी चल्न थाले

बाढी प्रभावित आठ जिल्लामा ४ हजार ८ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

त्रिशूली–३ ‘ए’ : खोल्न खोजिँदै छ सुरुङको मुख, भारतीय उद्धार टोली आयो

तनहुँ: लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu