ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय गाडीको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री बस्नेत


एबीसी / संवाददाता
२२ चैत्र २०७९, बुधबार   ६ : ५३   बजे

काठमाडौँ, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले नेपालले विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र लाभदायक नभई वातावरण जोगाउन र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् ।

सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल (सीन) को २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यशाला गोष्ठीमा उनले जलस्रोत नेपालको सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत भएको र त्यसको उत्पादन तथा खपत बढाउन सके देशले आर्थिक उन्नतिको क्षेत्रमा फड्को मार्ने विचार व्यक्त गरे ।

विद्युतीय सवारी साधनको उपभोगलाई बढाउन सकेमा स्वच्छ वातावरणलाई सघाउ पुग्ने धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले यसको प्रयोगका लागि चाहिने आवश्यक नीति, नियमलगायत विविध चुनौतीको समाधान गर्ने सरकारको प्राथमिकताको विषय भए पनि सबै क्षेत्रको साझा पहलकदमीबाटै समृद्धि मुलुकको भविष्य सुनिश्चित हुने बताए ।

उनले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन चुनौती भए पनि यसमा सरकार मात्र नभएर निजी क्षेत्र, उपभोक्ता सबैको साथ र समर्थन हुनुपर्ने धारणा व्यक्त गरे । साथै, उनले विद्युतीय सवारी साधनको विकास र देशको समृद्धिका आकांक्षा पूर्तिका निम्ति सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने कुरा औँल्याए ।

जलस्रोतको विकासबाट नै मुलुकको सुन्दर भविष्य सुनिश्चित गर्न सकिने भन्दै मन्त्री बस्नेतले जलस्रोतको विकास र विद्युतीय सवारी साधनको प्रवर्द्धन सरकारको प्राथमिकताको क्षेत्र भएको विचार व्यक्त गरे ।

सो अवसरमा ‘विद्युतीय सवारी साधन प्रविधि, पूर्वाधार, नीति तथा चुनौतीः वर्तमान अवस्था र व्यापारिक प्रयोजनको विद्युतीय गाडीको भावी सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै दिगो क्लिन इनर्जी प्रालिका कार्यकारी निर्देशक राजन रायमाझीले आगामी १०÷१५ वर्षभित्र विश्वमा विद्युतीय गाडीहरूको प्रयोग अत्यधिक मात्रामा बढ्ने विचार व्यक्त गरे ।

व्यापारिक प्रयोजनको विद्युतीय गाडीहरूको प्रयोगले नेपालको आर्थिक क्षेत्रको कायापलट गर्न सक्ने विचार व्यक्त गर्दै उनले विद्युतीय गाडीहरूको प्रयोगको विस्तार र वृद्धि गर्नका निम्ति दक्ष जनशक्तिहरू निर्माण गर्न, जनचेतना अभिवृद्धि गर्न, विद्युतीय गाडी खरिदमा सहज बंैक ऋणको व्यवस्था गर्न र देशैभरि यसका चार्जिङ स्टेसन खोलिनुपर्ने उनको धारणा थियो ।

सो अवसरमा सीनका अध्यक्ष डिल्लीरत्न शाक्यले हाल नेपालमा विद्युत्को उत्पादनमा वृद्धि हुँदै जानु सकारात्मक कुरा भएको विचार राख्दै देशमा उत्पादित विद्युत्‌को स्वदेशमै खपत बढाउनका निम्ति मलखाद कारखाना खोल्न र विद्युतीय सवारी साधनको प्रयोग बढाउन जरुरी भएको बताए । नेपालले हाल पेट्रोलियम पदार्थको आयातमा थुप्रै विदेशी मुद्रा खर्च गर्नुपरेको तथ्य औँल्याउँदै उनले देशभित्रै विद्युत्को खपत बढाउँदै व्यापार घाटा कम गर्न तथा आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group