ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसी र अमेरिकी विमान किन त्यति नजिकबाट उडे?


एबीसी न्यूज
१६ माघ २०७४, मंगलबार   ४ : ४७   बजे

एउटा रूसी लडाकु विमान ‘ब्ल्याक सी’माथि अमेरिकी जासुसी विमानदेखि अति नजिकबाट उडेको छ।

एसयु-२७ लडाकु विमान र इपी-३ जासुसी विमान मात्र डेढ मिटरको दूरीमा उडेका हुन्।

अमेरिकी नौसेनाका अनुसार रूसी विमानले अमेरिकी विमानलाई दुई घण्टासम्म पछ्याएको थियो।

अन्तर्राष्ट्रिय आकाशमा उक्त घटना भएको बताइएको छ।

गतिविधि

रूसी रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आकाशको प्रयोगसम्बन्धी नीति अनुसार नै आफ्ना गतिविधि भएको जनाएको छ।

रूसी र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठबन्धन दुवैले साझा आकाशको प्रयोग गर्दै आएका छन्।

यद्यपि सन् २०१४ मा रूसले क्राइमियालाई गाभेपछि तनाव बढेको छ।

अमेरिकी नौसेनाले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो देशको जासुसी विमानको मार्गमा रूसी लडाकु विमान प्रवेश गरेको जनाएको छ।

सचेत

उसले “रूसी सेनालाई अन्तर्राष्ट्रिय आकाशमा गतिविधि सञ्चालन गर्ने अधिकार भए पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुरक्षा सुनिश्चितता र दुर्घटना हुन नदिने काम गर्नुपर्ने” भन्दै सचेत गराएको छ।

अर्कोतर्फ रूसी रक्षा मन्त्रालयले “आफ्नो विमानको उडान मार्ग आकाश प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय नीति अनुरूप भएको” जनाएको छ।

उसले आफ्ना पाइलटहरूको व्यवहार कुनै तरिकाले पनि ‘मापदण्ड विपरीत’ नभएको र उनीहरूका गतिविधि “रूसी आकाशमा प्रवेश गर्ने अमेरिकी प्रयासलाई रोक्ने भएको” जनाएको छ।

रूसी सरकारले भनेको छ, अमेरिकी विमान रूसको सिमानादेखि टाढा गएपछि आफ्नो लडाकु विमान फर्केको थियो। विविसी बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group