ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बस दुर्घटनामा ४५ को मृत्यु


admin
१६ माघ २०७४, मंगलबार   ७ : ३५   बजे

नयाँदिल्ली, १६ माघ । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ ।

प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो ।

यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त बसमा रहेका थप १० को शव नदीबाट निकालिएपछि मङ्गलबार सो सङ्ख्या ४५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बसमा करिब ५० यात्रु सवार रहेका र जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि चालकले नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो

चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन खोज्दा अकस्मात नियन्त्रण गुमाएर बस पुलको बारमा ठोक्किएर तल खसेको थियो । यस दुर्घटनामा परी महिला र बालबालिकासहित ४५ को मृत्यु भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र सो राज्यका मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

भारतीय सरकारले मृतकका प्रत्येक परिवारलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशमा पर्दछ । मर्मत नगरिएको सडक, चालकको लापरबाही र ट्राफिक नियमको उल्लङ्घन भारतमा सडक दुर्घटनाको प्रमुख कारण हुने गरेको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu