ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वराजको २४घण्टे भ्रमण, देउवा सरकार बेखबर ?


ABC NEWS
१७ माघ २०७४, बुधबार   ९ : ०२   बजे

काठमाडौं १७ माघ । नयां संविधान निर्माणको बेलादेखि विग्रेको नेपाल भारत सम्वनध र भारत र एमाले सम्वन्ध सुधार गर्ने उद्धेश्यका साथ भारतीय विदेशमन्त्री सुस्मा स्वराजले २४ घण्टे काठमाडौं भ्रमणमा आउंदै छिन् ।
छिमेकी भारतका तर्फबाट बरिष्ठ कुटनीतिज्ञको नेपाल भ्रमण हुन लागिरहंदा देउवा सरकार भने बेखवर जस्तै रहेको छ । भारतीय विदेश मन्त्रालयले स्वराज भ्रमणको औपचारिक जानकारी दिएको दुई दिन भइसक्दा पनि नेपालका तर्फबाट कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच उच्च राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ ।
स्वराज बिहीबार काठमाडौं आइपुग्नेबारे सोमबार अबेर जानकारी पाए पनि उनी कति बजे काठमाडौं उत्रने, त्यसपछिको कार्यतालिका के–के छ भन्नेबारे मंगलबार साँझसम्मपरराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाले केही बताउन सकेको छैन ।
विशेष विमानमा काठमाडौं आउने स्वराजको टोलीमा भारतीय नवनियुक्त विदेशसचिव विजयकेशव गोखले, प्रवक्ता रभिस कुमार, नेपाल हेर्ने डेस्क प्रमुख सुधाकर दलेलालगायत वरिष्ठ अधिकारीहरू हुनेछन् ।
स्वराज काठमाडौं झर्ने वित्तिकै राजनीतिक दलका नेताहरूलाई भेट्ने तयारी छ । त्यसका लागि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई कतिबेला कहां भेट्ने भन्ने सूचित गरिसकिएको दूतावास स्रोतले बताएको छ ।
शुक्रकार फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताइएको छ । सबै भेटवार्ता दुईपक्षीय सहकार्य र सम्बन्ध विस्तारमा केन्द्रित हुने यस अघि नै भारतीय विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
परराष्ट्र सहप्रवक्ता रामबाबु ढकालले विदेशमन्त्री आउने जानकारी भएको र दुईपक्षीय वार्तालगायतको तयारी भइरहेको जनाए ।
यो भ्रमण नेपाल सरकारको निमन्त्रणामा हुन लागेको होइन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दलको निमन्त्रणा वा भारत सरकारको सन्देश बोकेर आउन लागेको विशेषदूत हैसियतको भ्रमण हो यो ।’
विदेशमन्त्री स्वराजको भ्रमणको मुख्य चासो र सबै चांजोपांजो एमाले अध्यक्ष केपी ओलीसँगको सल्लाहमा भएको बताइएको छ । अध्यक्ष ओलीसँग दुईपटक फोन वार्ता गरेका मोदीले पछिल्लो परिस्थितिबारे छलफल गर्न स्वराजलाई नेपाल पठाउने जानकारी दिएका थिए । भारतले निर्वाचनपछिको अवस्थालाई नजिकबाट नियाल्न यो भ्रमण हुन लागेको हो ।
एमाले अध्यक्ष ओलीले यो भ्रमणलाई गहिरो अभरिुचिपूर्वक हेरेका छन् । नेपालमा यस्तो परिवेशमा यस्तो खालको भारतीय पक्षको उच्चस्तरीय भ्रमण यो पहिलो हो । भारतले नेपालमा जे भएपनि आफुले गराएको भन्ने सन्देश दिन खोज्ने निरन्तरतामा नै यो भ्रमण भएको एकजना बरिष्ठ कुटनीतिज्ञले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu