कास्की, ३ वैशाख । कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ स्थित खेल मैदानमा जमिन भासिएर बनेको खाल्डोमा परी एक बालिकाको मृत्यु भएको छ ।
शनिबार खेल्ने क्रममा सिताराम हाउजिङ नजिकैको खेल मैदानमा करिब २०० मिटर गहिराइ भएको खाल्डोमा पोखरा महानगरपालिका–८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली खसेकी हुन् ।
उनलाई नेपाल नम्बर २४ कालीका गणको सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले तत्काल उद्धार गरी अस्पताल पुर्याएको थियो ।
अस्पताल पुर्याएलगत्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्