ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकै बेचेर जीवन निर्वाह गर्दै


एबीसी न्यूज
४ बैशाख २०८०, सोमबार   १ : ४८   बजे

काठमाडौं,४ बैशाख । कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ ।

अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न ।

“केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ । त्यसैबाट आएको पैसाले घरखर्च चलाउन थालेका छौंँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाइ हुनेगरेको कलैया बताउनुहुँन्छ ।

एकतापुर शिविरकी कल्याणी चौधरीले तीन वर्षदेखि मकै बिक्री गर्दै आउनुभएको छ । अहिले मकैको बेमौसम भएकाले पोलेको मकै बिक्रीमा समस्या छैन । “ज्यालादारीमा भनेबेला काम पाइदैन । पाएको काममा पनि कमाई भन्दा बढी वचन सुन्नुपर्ने”, कल्याणी भन्नुहुन्छ, “त्यो भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा राम्रो । कमाइ पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उहाँले आफुसँग खेती गर्न जग्गा नभएको बताउँदै अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो ।

टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा सेनामा र श्रीमान् भारतमा काम गर्नुहुन्छ ।

आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जीवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो कामबाट सन्तुष्ट छु ।”

उहाँले पाँच कट्टा जग्गामा मकै खेती गर्नुभएको छ । आफैले फलाएको मकै ल्याएर उहाँ बजारमा बिक्री गर्नुहुन्छ । सञ्जीवनी भन्नुहुन्छ, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुन्छ ।” सिजनमा तरकारी खेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्नेगरेको बताउनुभयो ।

बजारका विभिन्न ठाउँमा रुखमुनि शीतलमा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । कतिपयले मकैखेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर २० देखि २५ मा बेच्छन् ।

विपन्न परिवारका पुरुष कमाउनको लागि बाहिर जाने र महिला सिजनमा गाउँमै ज्यालादारी गर्छन् । काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group