ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र


एबीसी न्यूज
७ बैशाख २०८०, बिहिबार   ३ : ०५   बजे

काठमाडौं, ७ बैशाख । जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माणको सम्झौता मिति सकिन तीन महिना बाँकी रहदा नगर अस्पतालको लामो समयदेखि अलपत्र परेको छ ।

विसं २०७७ असारमा माउण्टेन इन्फा कम्पनी लिमिटेड लाजिमपाट काठमाडौँले नगर अस्पताल निर्माणका लागि गरेको सम्झौतामा २०८० असार मसान्तभित्र अस्पताल निर्माण भइसक्नुपर्नेछ । कूल १५ शय्याको अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षभित्रै व्यवसायीले काम छोडेका थिए । एक तला निर्माण गरी बीचमै काम छाडेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

भवन निर्माणमा खटिएका व्यवसायीले डिपिआर नै गलत भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । भवन निर्माण भइरहेको ठाउँ अत्यन्तै भिरालो भएकाले समस्या भएको उनीहरुको भनाइ छ । भवनको माथि र तल दुबै ठाउँमा भासिएपछि थप अर्को समस्या आइलागेको छ । अवैज्ञानिक तरिकाले ठाउँ छनोट गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाको भनाइ छ ।

अस्पताल निर्माण भइरहेको ठाउँमा दुई हजार मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गरेका छन् । डिपिआर नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाले बताउनुभयो । डिपिआर निर्माण गर्ने टिम, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अन्योलता छाएको उहाँले बताउनुभयो ।

पहिरो रोकथाम नगरी भवन निर्माण अघि बढ्न सक्ने अवस्था नभएकाले थप रकम आवश्यक पर्ने उहाँको भनाइ छ । जसका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । भवन रु १८ करोड लागतमा निर्माण भइरहेको उहाँको भनाइ छ

भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरुसँग नभएको जनप्रतिनिधि बताउँछन् । एलाइट इञ्जिनियरिङ सोलोसन काठमाडौँले उक्त डिपिआर गरेको इञ्जिनियर प्रेम केसीले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त रु १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले कामको सुरु गरेका थिए ।

कूल रु १९ लाख खर्च गरेर बनाएको डिपिआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्नेमा चिन्ता उत्पन्न भएको कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा भएका प्राविधिक कमजोरीका कारण अहिले एकले अर्कालाई दोष लगाउँदै जिम्मेवारीबाट सबै पन्छिन् खोजेको सर्वसाधाणको आरोप छ ।

भवन निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाजे पनि गलत डिपिआरका कारण निर्माण पूरा हुने वित्तिकै आफूलाई समस्या आउने बताउँदै आएका छन् । अहिले भाडाको निजी विद्यालय रहेको छेडागाड नगरपालिका– ११ थलमहानगर अस्पतालको काम चलिरहेको छ । झार्पा स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको पुन: निजी विद्यालयमा सारिएको छ ।

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । नगर अस्पतालको भवन समयमै निर्माण नहुँदा काम गर्न समस्या भएको भन्दै एक वर्षदेखि डाक्टरसमेत नगर अस्पतालमा छैनन् । दर्ता नै नभएको निजी विद्यालय र जग्गा किन्ने भन्दै सामाजिक विकास समितिले निर्णय गरेको थियो । उक्त निर्णय लागू हुन नसक्ने भन्दै विवाद उत्पन्न भएपछि निजी विद्यालयमा रहेको नगर अस्पतालले भाडासमेत निजी विद्यालयलाई नदिएको स्रोतले बताएको छ ।

भाडा नपाएपछि निजी विद्यालय सञ्चालकले अस्पताल अन्यत्र सार्न दबाब दिएका थिए । दबाबपछि झार्पास्थित स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको थियो । अहिले फेरि निजी विद्यालयमै नगर अस्पताल सारिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्सरे, इसिजि, भेन्टिलेटर र अक्सिजन प्रयोगमा आउन सकेको छैन । बन्दकोठामा उक्त सामग्री थन्क्याएको छ ।

नगर अस्पतालले सबै सामग्री प्रयोगमा रहेको भन्दै महाशाखामा गलत विवरण पठाइरहेको स्रोतले बताएको छ । स्वास्थ्यको अवस्था लथालिङ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group