काठमाडौं ८ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ ।
यसअघि सन्दीप लामिछानेले ३ तथा ललित राजवंशीले एक विकेट लिएका थिए ।
यसै खेलबाट सन्दीप लामिछानेले विश्व कीर्तिमान पनि कायम गरेका छन् । उनी वान डेमा सबैभन्दा छिटो सय रन पूरा गर्ने क्रिकेटर बनेका हुन् ।
सन्दीपले ४२ खेलमा सय विकेट पूरा गरे ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । खानले ४४ खेलमा सय विकेट लिएका थिए ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गरिरहेको हो ।
यो समाचार तयार पार्दासम्म ओमानले २४ ओभरमा ५ विकेट गुमाएर १०८ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्