काठमाडौं, १७ माघ । यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासंग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् ।
यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् ।
यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई राजधानी बनाइएको थियो । त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्