ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी


एबीसी न्यूज
१० बैशाख २०८०, आइतबार   ३ : १७   बजे

काठमाडौं, १० बैशाख । काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए ।

त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको व्यवस्था पनि थिएन । चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ । कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ ।

उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम रु ५६ लाख ५४ हजार आठ सय ८० रहेको महानगरले जनाएको छ । सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो । उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो । आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राख्नुभयो ।

“सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो”, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भन्नुभयो, “वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ ।”

अब यस स्थानमा आगामी ४० वर्षसम्म वर्षसम्म ढलको समस्या नहुने स्थानीयले विश्वास लिएका छन् । स्थानीय अरुण बस्नेतले सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ् निषेध गर्नुपर्ने धारणा राख्नुभयो । अर्का स्थानीय महेश्वर शर्माले छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकाले छतको पानी सडकमा नखस्ने प्रबन्ध मिलाउन सम्बन्धित सबै स्थानीयले ध्यान दिनुपर्ने बताउनुभयो ।

सडक सञ्चालन भएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहर नफाल्न, व्यापार गरिने सटरमा फोहर वर्गीकरण गर्ने भाँडो राख्न, मनपरी पार्किङ्ग नगर्न वडा अध्यक्षले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group