ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार प्रतिशत बालबालिका खोपबाट वञ्चित


एबीसी न्यूज
१० बैशाख २०८०, आइतबार   ४ : २४   बजे

काठमाडौं, १० बैशाख । नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो ।

“नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्”, उहाँले भन्नुभयो ।

मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ । सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्ने छ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पुर्‍याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताउनुभयो ।

नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पुर्‍याउन नसकिएको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुई पटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपाङ्गता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ ।

खोप सप्ताहभर नियमित खोप प्रदान गरिने छ । वैशाख १५ र ३१ गते भने सबै खोप दिइने छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu