ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक नेतृत्वको दोलखा भ्रमण


एबीसी / संवाददाता
१२ बैशाख २०८०, मंगलबार   ९ : १३   बजे

दोलखा, १२ वैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गरेका छन् । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो ।

उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुँयाल, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टंक दुलाल, मेघराज पोखरेल, पूर्वमहान्यायाधिक्ता मुक्ति प्रधान, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवाली, रुद्र नेपाललगायत पुगेका थिए ।

यही वैशाख ८ गतेका लागि भ्रमणको नेतृत्व दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र सचिव प्रवीण प्रधानले गरेका थिए । वैशाख ८ गते औपचारिकरूपमा भवन उद्घाटन र दोलखा जिल्ला अदालतको अवलोकन गरी उनीहरुले यही वैशाख ९ गते कालिञ्चोक भगवतीको मन्दिर र दोलखा भीमसेनको दर्शन गरेका हुन् ।

भ्रमणका क्रममा चरिकोटबाट सेतै फुलेका लालीगुँरास र सुन्दर वातावरणको अवलोकन गर्दै उनी कालिञ्चोक पुगे । दोलखा भ्रमणमा आउँदाको मौकामा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसरमा मिलेकामा खुसी व्यक्त गर्दै कामु प्रधानन्यायाधीश कार्कीले भने, “दोलखासँग मेरो पुरानो सम्बन्ध छ, मेरो कानुनी क्षेत्रको यात्रा नै दोलखाबाट सुरुवात भएको हो ।”

दोलखा जिल्लाका लागि एउटा सुन्दर संयोजक मान्नुपर्छ । पूर्वमहान्यायाधिक्ता अग्नि खरेलसँग मिलेर उनले पहिलो ल फर्म दोलखामा प्रारम्भ गरेका थिए । “वास्तवमा मेरो दोलखासँग एउटा मीठो संयोग छ, म ओखलढुङ्गाबाट आउने क्रममा एउटा मुद्दाको सिलसिलामा दोलखा झरेको थिएँ, यहाँ कानुन व्यवसायी छैनन्, यही ल फर्म खोलेर काम गर्नुपर्छ भन्ने कुरा आयो”, उनले विगत स्मरण गर्दै भने, “अग्नि खरेल र म मिलेर ल फर्म खोल्यौँ, मेरो दोलखाबाटै कानुनी यात्रामा प्रवेश भएको थियो ।” त्यही ठाउँबाट कानुन क्षेत्र प्रारम्भ गरेको व्यक्तिले अहिले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

दोलखा भीमसेनको दर्शन गरेपछि त्यहाँको एतिहासिक पुरानो बस्ती पनि उनले अवलोकन गरे । पुराना बस्तीका घर र बस्ती केही परिवर्तन भएको महसुस भएको उल्लेख गर्दै उनले भने, “पहिलाको भन्दा अलि फरक भएन, म आउँदा त्यो घर अर्कै थियो, अहिले केही परिर्वतन भएछ ।” दोलखा बजारमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, दोलखा जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधानगायतले अवलोकन गराएका थिए ।

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुँयाल र कुमार रेग्मीले पनि उक्त अवसरमा कालिञ्चोक भगवती र दोलखा भीमसेनको दर्शन गरे । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पहिलोपटक दोलखा भ्रमणमा पुगेका हुन् । “दोलखा पहिलोपटक घुम्ने मौका पाएको हुँ, सुन्दर रैछ ।”

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पनि दोलखा पुग्ने र अवलोकन गर्ने अवसर पाएकामा खुसी लागेको छ । “म दसैँमा पनि दोलखा घुम्न आएको थिएँ, माथिल्लो तामाकोसीसम्म घुमेर फर्किएका थियौँ”, उहाँले भन्नुभयो, “मलाई दोलखा छुट्टै राम्रो र सुन्दर लाग्छ ।”

दोलखा–काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता पोखरेललाई दोलखा र दोलखाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलमा न्यायिक नेतृत्वलाई अवलोकन गराउन पाउँदा खुसी लागेको बताए ।

न्यायालयको नेतृत्व गर्ने व्यक्ति र न्याय क्षेत्रका नेतृत्व गर्ने विशिष्ट व्यक्तिहरू एकै ठाउँमा भेट हुनु एउटा सुन्दर संयोग हो । विरलै यस्तो संयोग हुन्छ । दोलखा बार एकाइका अध्यक्ष कृष्ण बस्नेतले आफ्नो कार्यकालमा बारको भवन उद्घाटन गर्ने क्रममा न्यायिक नेतृत्वको आगमनले खुसी बनाएको बताए । “न्याय क्षेत्रका सर्वोच्च व्यक्तिको दोलखामा आगमन भयो, मलाई असाध्यै खुशी लागेको छ”, उनले सुनाए, “खुसी लाग्यो मेरो कार्यक्रममा एउटा महत्वपूर्ण काम गरियो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group