ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडविरुद्ध कास्टेलानोस एक्लैले गरे चार गोल


एबीसी / संवाददाता
१३ बैशाख २०८०, बुधबार   १० : ०१   बजे

काठमाडौँ, १३ वैशाख । स्पेनिस ला लिगमा जिरोनाले रियल मड्रिडलाई ४–२ गोलले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा जिरोनाको जितमा अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरे ।

न्युयोर्क सिटीबाट लोनमा जिरोनामा आएका उनले खेलको १२, २४, ४६ र ६२ मिनेटमा गोल गरेका थिए ।

हारसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ । शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ७६ अंक छ भने दोस्रो स्थानको रियलको एक खेल बढी खेल्दै ६५ अंक छ । जिरोना ४१ अंक जोड्दै नवौँ स्थानमा छ ।

रियलले दुई सातापछि च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

रियल मड्रिडविरुद्ध ला लिगाको खेलमा चार गोल गर्ने कास्टेलानोस पछिल्लो ७५ वर्षमा पहिलो खेलाडी बने ।

डिसेम्बर १९४७ मा एस्टेबान इचाभेरियाले मड्रिडविरुद्ध रियल ओभिडोको लागि पाँच गोल गरेका थिए ।

अर्जेन्टिनाका २४ वर्षीय कास्टेलानोसले सिजनको ला लिगामा ११ गोल गरेका छन् । उनले २०१८ मा न्युयोर्कमा आबद्ध हुनुअघि चिली र उरुग्वेमा आफ्नो क्लब फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu