काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्न लागेको हो ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्