ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनस्थापन अधिकार यात्रा


एबीसी न्यूज
१४ बैशाख २०८०, बिहिबार   १ : ३२   बजे

काठमाडौं,१४ बैशाख । मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले यात्राको थालनी गरिएको हो ।

“तत्कालीन सरकारले कमैंया र कमलरी पहिचान गर्दा गलत प्रक्रियाका कारण छुटन गएकाले पुनःस्थापनको मागका लागि जागरण ल्याउन यात्राको थालनी गरेका छौंँ” मुक्तकमैंया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले भन्नुभयो, “भूमि व्यवस्था सहकारी मन्त्रालयबाट गठित कमैया, कमलरी, हरुवाचरुवा समितिको प्रतिवेदनले यस कुरालाई पुष्टि गरेको छ ।”

मुक्तकमैंया, कमलरीको न्यायिक पुनः स्थापनका लागि कार्यविधि बनाइ कार्य अगाडि बढाउन दबाब दिने उद्देश्यले यात्राको थालनी गरिएको उहाँले जानकारी दिनुभयो । यात्रा यही वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । मुक्तकमैया कमलरी बस्तीमा पुगेर यात्राका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ ।

कैलालीको टिकापुरको खड्कपुरबाट र कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारीबाट यात्राको थालनी हुने बताइएको छ । कृषिमा बाधा श्रमिकका रुपमा रहेका कमैया कमलरी मुक्तिको घोषणा भएको २३ वर्ष पुगेको छ । कमैया श्रम ऐन, २०५८ जारी भई नियमावलीसमेत बनाइ लागू गरिएको छ ।

“अझैपनि धेरै कमैया कमलरी पुनः स्थापना हुनबाट वञ्चित छन”, मुक्तकमैया अगुवा रामबहादुर रानाले भन्नुभयो, “पुनः स्थापनमा परेका मुक्तकमैयाले सरकारका तर्फबाट घर बनाउन काठ, छात्रवृत्ति, सीपमूलक तालिम र रोजगारीका अवसर पाउन सकेका छैनन् ।” उहाँका अनुसार कैलाली र कञ्चनपुरमा १२ हजार बढी मुक्तकमैया परिवार पुनः स्थापन हुन बाँकी छन ।

मुक्तकमैया समाज कञ्चनपुरका अध्यक्ष घासिराम रानाले मुक्तकमैया लक्षित बजेट अभाव भएको बताउनुभयो । “घर निर्माणका लागि वन कार्यालयबाट काठ उपलव्ध भएको छैन”, उहाँले भन्नुभयो, “पुर्जा प्राप्त गरेका तर जग्गा जोतभोग गर्नबाट वञ्चितलाई जग्गा सट्ट भर्ना गरिनुपर्छ ।

जनता आवास कार्यक्रमअन्तर्गत भूमिहीन सुकुम्बासीसँगै मुक्तकमैयालाई अनिवार्य पक्की घरको व्यवस्था गर्नुपर्ने रानाको माग छ । मुक्तकमैयाका बालबालिकाले अझैसम्म निःशुल्क शिक्षा पाउन सकेको छैनन् ।

“नीतिगत व्यवस्था अनुसार विद्यालयतहमा निःशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने हो भएको छैन त्यसका लागि पहल हुनु जरुरी छ”, मुक्तकमैया अगुवा बिनादेवी चौधरीले भन्नुभयो, “निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने संस्थाबाट क्षतिपूर्ति भराउने व्यवस्था लागू भए मात्रै त्यसले सार्थकता पाउँछ ।

स्थानीय तहबाट हरेक वर्ष कूल मुक्तकमैयाको पाँच प्रतिशत युवालाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिए मात्रै रोजगारमा पहुँच पुग्नसक्ने भएकाले स्थानीय तहले यसलाई कार्यान्वयन गर्नुपर्ने चौधरी बताउनुहुन्छ ।

कञ्चनपुरमा २०५७ सालको लगतमा समावेश भएका तीन हजार ४५ जना र २०५९ सालको लगतमा समावेश भएका एक हजार चार सय ६१ जनाले परिचयपत्र पाएका छन् । परिचयपत्र प्राप्त गरेका परिवारलाई पुनः स्थापन गराइए पनि नदी कटानले धेरै परिवार विस्थापनमा परेका छन् । केही परिवार परिचयपत्र पाउनबाट समेत वञ्चित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group