ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहबाटै श्रम स्वीकृति पाएपछि सहज


एबीसी न्यूज
१४ बैशाख २०८०, बिहिबार   १ : ४९   बजे

काठमाडौं,१४ बैशाख । कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् ।

पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म दुई जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिनुभयो ।

“अहिले पुरानालाई मात्रै श्रम स्वीकृति दिइरहेका छौँ, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला चाहिन्छ”, उहाँले भन्नुभयो, “यस्तो प्रयोगशाला प्रदेशमा पनि छैन, त्यसैले नयाँलाई श्रम स्वीकृति दिन सकिएको छैन ।” उहाँका अनुसार नयाँ श्रम स्वीकृति लिनेहरुसँग स्वास्थ्य परीक्षण र अभिमुखीकरण भएमा पालिकाबाटै दिन स्वीकृति लिन सकिने छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई हाल बेदकोटमा बसोबास गर्ने गोपाल खडायत र बेदकोट नगरपालिका–१० सिसैयाका केशवराज पन्तले युनाइटेड अरब इमिरेट्स ९यूएइ०मा जानका लागि पुनः श्रम स्वीकृति नगरपालिकाबाट पाएको रोजगार संयोजक अवस्थीले बताउनुभयो ।

“वैदेशिक रोजगारीमा जाने दुई जनाको पुनः श्रम स्वीकृत भइसकेको छ, अरु दुई जनाको प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “अनलाइनमार्फत फारम भरेर स्वीकृति लिन सकिन्छ ।”

श्रम स्वीकृतिका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्छ । “पुरानो श्रम स्वीकृति, राहदानी, कार्डलगायत कागजपत्र अनलाइनमा प्रविष्ट गर्नुपर्छ”, रोजगार संयोजक अवस्थीले भन्नुभयो, “रु १४ लाखसम्मको साढे दुई वर्षको बीमा पनि हुन्छ ।”

नगरपालिकाले स्थानीय तहमै श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । यसले हजारौँ रकम खर्च गरी काठमाडौँ पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामको भीमदत्त नगरपालिकाले पनि वैदेशिक रोजगारमा जान चाहनेलाई नगरको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

भीमदत्त नगरपालिकाले दुई जनालाई सोमबार श्रम स्वीकृति प्रदान गरेको हो । भीमदत्त नगरपालिका–९ का आनन्द सिंह रावत र वडा नं। ८ का भवानसिंह भण्डारीले नगरपालिकाबाट पुनः श्रम स्वीकृति पाउनु भएको छ ।

गत चैत १६ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group