ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राङ्गारिक खेतीमा लागेपछि किसानलाई सहज


एबीसी न्यूज
१४ बैशाख २०८०, बिहिबार   १ : ५१   बजे

काठमाडौं,१४ बैशाख । बजारमा तरकारी बिसाउनासाथ किसान चन्देश्वर राय दनुवारको वरीपरी ग्राहक झुम्मिहालछन् । उहाँको तरकारी एकैछिनमा बिक्री हुन्छ । तरकारी खेतीमा विषादीको प्रयोग नगर्ने महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरका दनुवारले उत्पादन गर्नुभएको तरकारी ग्राहकले खोजीखोजी किन्ने गरेका छन् ।

“तरकारीको भारी बिसाउना बिक्री सुरु भइहाल्छ भने एकैछिनमा सकिन्छ पनि”, उहाँले भन्नुभयो, “ “मूल्यमा पनि खासै मोलमोलाई हुँदैन, एकैछिनमा तरकारी बिक्री गरी घर फर्किहाल्छु ।”

उहाँले डेढ दशकअघि तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग गर्नुहुन्थ्यो । तर त्यो तरकारी आफ्नै भान्सामा पनि प्रयोग हुने र यसले स्वास्थ्यमा असर गर्ने थाहा पाएपछि भने उहाँले विषादीको प्रयोग छाड्नुभएको हो ।

“नाकमुख नै छोपेर तरकारीका बोटमा विष छरिन्थ्यो, चिचिलामा लागेका किरा मार्न विष नै प्रयोग हुन्थ्यो” दनुवारले पुराना कुरा सम्झदै भन्नुभयो, “उत्पादित तरकारी त आफ्नै भान्सामा पनि पाक्थ्यो, यसले मलाई झस्कायो, विष खाँदैछौ भन्ने लाग्यो, त्यसपछि प्रयोग छाडेँ ।”

अचेल उहाँ तरकारीमा गाईबस्तुको गोबर, ढैँचा ९कुहाएर कम्पोट मल बनाइने वनष्पति० र मुँग ९कोसे दलहन बाली, घर वरपरका फोहर कसिङ्गर खाल्टामा राखेर बनाइएको मल प्रयोग गर्नुहुन्छ ।

त्यसैगरी किरा नियन्त्रणका लागि खरानीको धुलो, गाईको गहुँत, विभिन्न वनष्पतिका झोल प्रयोग गरिने उहाँको भनाइ छ । अहिले सघन तरकारी खेती गरिने भङ्गाहाका अतिरिक्त बर्दिबास, गौशाला र औरही नगरपालिकाका किसान विषादी र रासायनिक मलको प्रयोग गर्न छाडिसकेका छन् । उनीहरु प्राङ्गारिक मलको प्रयोग गर्न थालेका छन् ।

तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाटै प्रशस्त उत्पादन हुन थालेको यस भेगका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कुराले सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालको भनाइ छ ।

प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा र गाइवस्तुको गोबर प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वोत्तम मल हुने किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाई राख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने हुँदा खेतीमा लागत पनि घट्दै जाने किसानको बुझाइ छ ।

बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको समेत यकिन नहुँदा उत्पादनमा प्रतिकुल असर परेपछि आफूहरु परम्परागत आग्र्यानिक खेतीमा लागेको किसानहरुको भनाइ छ ।

तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अप्नाउन थालिएको र यो निक्कै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताउनुभयो ।

रसायनिक मल र विषादीको प्रयोग छाड्दा पहिलो वर्ष २०७० सालमा उत्पादन अलि कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको बर्दिबास–४ का किसान रामजी पौडेलको भनाइ छ । पछिल्ला वर्षमा प्राङ्गारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका पौडेलको अनुभव छ ।

सरकारले प्रदेशहरुमा प्राङ्गारिक मल उत्पादनका कारखाना बनाउन, यस्ता काममा लाग्नेलाई प्रोत्साहन गर्न सके आम रुपमै किसान परम्परागत खेती प्रणालीमा फर्कने भङ्गाहा–५ सीतापुरका पूर्वसहसचिव तथा कृषिविज्ञ कृषिविज्ञ रामबहादुर भुजेलको भनाइ छ ।

प्राङ्गारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लान सकिने हुँदा पहिलो पटक मल किन्दा केही मँहगो परेपनि बिस्तारै अघिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने भुजेलको भनाइ छ । यो खेती प्रणाली किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा बिस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको भुजेलको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group