ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ वर्षपछि कुवेतसँग भिड्दै नेपाल


एबीसी / संवाददाता
१६ बैशाख २०८०, शनिबार   ८ : ३६   बजे

काठमाडौँ, १६ वैशाख । नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइन खेलमा आज कुवेतसँग खेल्दै छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरू हुने छ । घरेलु टोली नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । तर, कुवेतदेखि भने नेपाल सजग छ । कुवेतलाई समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मूलपानी मैदानमा २७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ ।

नेपाली सिनियर टोलीले एकदिवसीय प्रारूपको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो ।

युएईमा भएको समूह चरणको उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २८० रन जोडेको थियो । नेपालले दिएको २८१ रनको लक्ष्य कुवेतले ६ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालविरूद्ध कुवेतका तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए । प्रतियोगिताको फाइनलमा नेपालले युएईसँग बराबरी खेल्दै संयुक्त रूपमा ट्रफी उचालेको थियो ।

उता आजै दोस्रो सेमिफाइन खेलमा युएई र ओमानबीच मूलपानीमा प्रतिस्पर्धा हुनेछ । योसँगै मूलपानी मैदान विश्वको २१६औँ एकदिवसीय मान्यता प्राप्त मैदान बन्नेछ ।

कतारविरूद्ध विश्राम दिएका तीव्र गतिका बलर करण केसी टोलीमा फर्किँदा गुलशन झा बेन्चमा बस्ने उच्च सम्भावना देखिन्छ । गुलशनको बलिङ त्यति धेरै प्रभावकारी नहुँदा करणलाई नै पहिलो रोजाइमा निरन्तरता दिने छ ।

ज्ञानेन्द्र मल्ल र प्रतिश जिसी आज पनि बेन्चमा बस्ने सम्भावना छ । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल यस प्रतियोगितामा चलेका छैनन् । उनीमाथि नेपालले थप विश्वास गर्ने हुँदा ज्ञानेन्द्र बेन्चमा नै बस्ने सम्भावना छ । अन्य खेलाडी परिवर्तन गर्ने सम्भावना भने छैन ।

नेपालको ब्याटिङ १० नम्बरसम्म छ । त्यसैले सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । भीम सार्की, रोहित पौडेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । उता स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् ।

उता कुवेतको तुलनात्मक रूपमा बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार हो । कुवेती ब्याटर बिस्फोटक ब्याटिङमा प्रभाव जमाउँदै आएका छन् ।

आदनान इद्रिस, रविजा सानदरवान, परविन्दर कुमार, मोहम्मद अस्लाम, मित भावसर, शिराज खान, उस्मान पटेल र सैयद मोनिब कुवेतका ब्याटर हुन् । जसमा मोनिब, परविन्दर र इद्रिस घातक बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group