ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको सहज जित


एबीसी / संवाददाता
१७ बैशाख २०८०, आइतबार   ९ : ०८   बजे

काठमाडौँ, १७ वैशाख । करिम बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले अल्मेरियाविरूद्ध ४–२ को सहज जित निकालेको छ ।

बेन्जेमाले मड्रिडबाट खेलेको सबैखाले प्रतियोगिताको पछिल्लो ८ खेलमध्ये तीन खेलमा ह्याट्रिक गरेका छन् । जिरोना र रायो भालेकानोसँग दुई अप्रत्यासित हार ब्यहोरेपछि मड्रिडले घरेलु मैदानमा अल्मेरियाविरूद्ध ह्याट्रिक गर्दा जित निकालेको हो ।

मड्रिडको जितमा ह्याट्रिक गरेका बेन्जेमा ला लिगामा सर्वाधिक गोल गर्ने चौथो खेलाडी बनेका छन् । ला लिगामा लियोनल मेस्सी ४७४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । ३११ गोल गरेका क्रिस्टियानो रोनाल्डो दोस्रो र २५२ गोल गरेका जारा तेस्रो स्थानमा छन् । बेन्जेमाले ४३६ खेलमा २३६ गोल गरेका छन् ।

पाँचौँ मिनेटमा बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा बेन्जेमाले नै मड्रिडको अग्रता दोब्बर पारे । ४२औँ मिनेटमा प्राप्त पेनाल्टीमा कुनै गल्ती नगरी गोल गरेपछि बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा अल्मेरियाका भिनिसियस मार्किसले गोल गर्दै मड्रिडको अग्रतालाई ३–१ मा झारेका थिए ।

४७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै मड्रिडलाई ४–१ को स्थितिमा पुर्‍याए । तर, ६१औँ मिनेटमा अल्मेरियाका लुकास रोबर्टोले गोल गर्दै मड्रिडको अग्रतालाई ४–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल हुन नसक्दा मड्रिड विजयी हुन सफल भयो ।

जितसँगै ३२ खेलबाट ६८ अंक जोडेको मड्रिड तालिकाको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंक कम हो । समान खेलबाट ७९ अंकसहित बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । लिगमा अब ६ खेल मात्र बाँकी छन् ।

यता, ३२ खेलबाट ३३ अंक जोडेको अल्मेरिया तालिकाको १५औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu