ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्दै निकुञ्जको घाँसे मैदान


एबीसी न्यूज
१७ बैशाख २०८०, आइतबार   ४ : ३१   बजे

काठमाडौं, १७ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो ।

सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उहाँका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ ।

निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउने र मिचाहा प्रजाति नियन्त्रण गरी हटाउने जस्ता कार्यक्रम गर्ने गरेको छ ।

निकुञ्जले पुराना घाँसे मैदानको व्यवस्थापन र नयाँ घाँसे मैदान निर्माण गर्दै आएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७६र७७ मा रु तीन करोड १० लाख बजेटमा छ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सोही वर्ष रु २८ लाख ९९ हजार बजेटमा ५७ दशमलव ७९ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो ।

यसैगरी आव २०७७र७८ मा रु तीन करोड ५० लाख बजेटमा सात सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरिएको थियो भने सोही वर्ष रु ९९ लाख ५७ हजार बजेटमा चार सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा रु २५ लाख बजेटमा ५० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गरिएको थियो भने रु ३८ लाख ३५ हजार मा ३०८ हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गरिएको छ । चालु आवमा रु २५ लाख बजेटमा ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिएको र भने रु ३३ लाख ३७ हजार मा दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

गैंँडालगायतका बाघको आहारा प्रजातिका जनावरका लागि घाँसे मैदान महत्वपूर्ण मानिन्छ । यसका साथै पानीको स्रोतको पनि व्यवस्थापन महत्वपूर्ण छ । निकुञ्जभित्र करिब ११० वटा साना ठूला ताल, घोल र पोखरी छन् ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाँघ र ९९ दशमलव सात प्रति वर्गकिलोमिटर क्षेत्रफलमा आहारा प्रजातिको बासस्थान छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल बढाउँदै जानुपर्ने भए पनि पर्याप्त बजेटको अभावमा घाँसे मैदान बढाउन नसकिएको तिवारीको भनाइ छ ।
(((

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu