ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिसी प्रिमियर कप : वर्षाले फाइनल खेल प्रभावित भए नतिजा के हुन्छ ?


एबीसी / संवाददाता
१८ बैशाख २०८०, सोमबार   ८ : ५७   बजे

काठमाडौँ, १८ वैशाख । एसिया कप पुग्ने लक्ष्यसहित एसिसी प्रिमियर कपको फाइनलमा आज नेपालले यएईसँग खेल्दै छ । एसिया कप खेल्न एक जितबाट टाढा रहेको नेपालले आज युएईको चुनौती पन्छाउनु पर्ने छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि फाइनल खेल सुरू हुने छ । दुई दिन यतादेखि काठमाडौँ उपत्यकामा अपरान्हपछि लगातार वर्षा हुँदै आएको र आज पनि वर्षाको सम्भावना रहेकाले फाइनल खेल प्रतिकूल मौसमका कारण प्रभावित हुन सक्ने छ ।

एसिसी मेन्स प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको खेल बहुप्रतिक्षित हो । पछिल्लो समय एसोसिएट राष्ट्रमा यी दुईबीचको भिडन्तलाई ‘एल क्लासिको’को रूपमा पनि ब्याख्या गरिन्छ । यो खेलमा जित हात पार्ने टोलीले क्रिकेटका पावर हाउस भारत, पाकिस्तान जस्ता देशसँग प्रतिस्पर्धा गर्ने मौका पाउने छ ।

यी दुईबीच भएको पछिल्लो ४ भेटमा नेपालले तीन जित हात पार्दा युएईले एकमात्र जित हात पारेको छ । नेपालले एक महिनाअघि टियु मैदानमै विश्व क्रिकेट लिग–२ मा युएईलाई नै हराउँदै एकदिवसीय मान्यता जोगाएको थियो भने विश्वकप छनोटमा स्थान बनाएको थियो ।

जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो । लिग–२ अन्तर्गत पछिल्लो पटक युएईसँग उसकै मैदानमा पराजय ब्यहोरे यताको ९ खेलमा नेपाल अपराजित छ । नेपाल सोही लयलाई निरन्तरता दिँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा हुने छ ।

एक महिनाअघि सम्पन्न विश्व क्रिकेट लिग–२ मा खराब प्रदर्शन गरेको युएईले विश्वकप छनोटको प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको छ । प्रशिक्षक मुदसर नजर आएयता टिमको प्रदर्शन फेरिएको छ । जारी प्रतियोगितामा पनि ५ खेलमा ४ जित हात पारेको युएईको पनि नजर उपाधिमा छ ।

वर्षाले खेल प्रभावित भएमा नतिजा के हुन्छ ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम बदली भइ मध्यान्ह १२ बजेदेखि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

आज खेल हुन नसकेकमा भोलि (मंगलबार)लाई वैकल्पिक दिन राखिएको छ । फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइने छ । सुपर ओभर पनि खेल्ने अवस्था नरहे एकदिवसीय वरीयतामा युएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउने छ ।

नेपाल एकदिवसीय वरीयताको १४औँ स्थानमा छ भने युएई नेपालभन्दा ५ स्थान तल छ । उपाधि जित्ने टोलीले एसिया कपमा सिधैँ भारत र पाकिस्ता नरहेको समूह ‘ए’मा स्थान बनाउने छ । समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group