काठमाडौँ, १९ वैशाख । यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो ।
सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो । माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन । निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्