ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध


admin
१७ माघ २०७४, बुधबार   ६ : १०   बजे
(महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस)

सप्तरी, १७ माघ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध भएको छ । उक्त निर्णको सोही क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले बिरोध जनाएका हुन् ।

नेपाल प्राध्यापक संघ मविव क्याम्पस इकाई राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको बृहत बैठकमा वक्ताहरुले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा कर्मचारीहरूले आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

बैठकमाा सहायक क्याम्पस प्रमुख मिथिलेश यादवले राजर्षि जनक विश्वविद्यालय प्रदेश नं. २ मा स्थापना भएकोप्रति स्वागतयोग्य भएको भन्दै सो विश्वविद्यालयमा नयाँ क्याम्पसहरुलाई आवद्धता गराउनु पर्नेमा जोड दिएका छन् । उनले मविव क्याम्पस राजविराज स्थापनाकालदेखी नै त्रिविमा रहेकोले यसलाई त्रिविमै यथावत राख्न माँग समेत गरे ।

यस्तै नेपाल आंशिक प्राध्यापक संघका सभापति रन्धिर कुमार कर्णले राजर्षि जनकले विश्वविद्यालयमा मविव क्याम्पस राजविराज गाभिएमा क्याम्पसका अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारीहरु स्वतः खारेज हुने उल्लेख भएकोले यस्ता कदमको बिरोध गरेका छन् । उनले त्रिविमै क्याम्पसलाई यथावत राख्न सरकारसँग माँग गरेका छन् ।

सोही बैठकमा त्रिवि कर्मचारी संघका केन्द्रिय प्रतिनिधि चन्देश्वर यादवले क्याम्पसलाई गाभ्ने निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै निर्णय यथासिघ्र नसच्याइए आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

बैठकमा नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको बिरोधमा ऐक्यबद्धता जनाएका छन् ।

यसैबीच सो बैकठले नेपाल प्राध्यापक संघ राजविराजका अध्यक्ष सिंघेश्वर प्रसाद यादवको संयोजकत्वमा गठित सो समितिमा गजेन्द्र कुमार सिंह यादव, पंचदेव यादव, गोवद्र्धन साह, उमेश कुमार यादवलगायत रहेको संघका सचिव राजिव कुमार मिश्रले जनाएका छन् ।

यस्तै समितिले उक्त निर्णयको विरोधमा शुक्रवार स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group